माछापुच्छ्रे बैंककी संस्थापक कार्कीले ६२ हजार कित्ता सेयर बेच्दै

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।

बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

बैंकको सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माछापुच्छ्रे क्यापिटल सुनधारामा सम्पर्क गर्नु पर्ने जनाएको छ ।

Share News