गोदावरी नगरपालिकाले घर बीमा र कृषि तथा पशुपन्छी बीमालाई जोड दिने

<p>काठमाडौं । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता गरेका हुन् । साथै, प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी [&hellip;]</p>

काठमाडौं । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहीबार नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता गरेका हुन् ।

साथै, प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताए ।

बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले नगरपालिकाका सेवासँग बीमालाई आवद्ध गर्न आग्रह गर्दै बीमाबाट घर लगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुने बताए ।

निर्देशक लालले घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बीमालाई प्रोत्साहित गर्न तथा विपन्न बर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गर्न आग्रह गरे ।

गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु तथा बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निश्चल राज बानियाँले गरेका थिए ।

Share News