माइडियाको दशैँ तिहार अफर, वासिङ मेसिन किन्दा कुकटप उपहार

  २०८० असोज ५ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’ भन्ने नारासहित उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक उपलब्ध हुनेछ । यस्तै ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ । यो ग्राहक योजना भाद्र २८, २०८० देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.