विद्यालय शिक्षा विधेयकविरुद्ध उत्रिएका १६ जना पक्राउ

  २०८० असोज ५ गते १३:५५     विकासन्युज

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ परेका छन् । शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ परेका हुन् ।

शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विरोधमा उत्रिएका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको बताइएको छ ।