सुनको आयात कोटा दोब्बरले बढाइयो, अब दैनिक २० केजी

  २०८० असोज ५ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । स्रोतका अनुसार बैंकहरुले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको हो ।

राष्ट्र बैंकको सो निर्णय गरेसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने छन् । यसअघि वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गरिरहेका थिए ।

नेपाल सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन दैनिक आयात हुने सुनको कोटा बढाउने निर्णय गरिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो । राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्नु पर्ने हुन्छ । तर, राष्ट्र बैंकले हालसम्म परिपत्र गरेको जारी गरेको छैन ।

यसअघि वि.सं. २०७८ फागुनमा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.