२०८० असोज ५ गते १३:०७ विकासन्युज
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.