२०८० असोज ५ गते ११:५७ विकासन्युज
पछिल्लो समयमा युवाहरूको प्रिय बन्दै गरेको कमेडीको बजार मध्यम नै देखिन्छ । हास्य टेलिशृखंला हेर्ने पुस्ताले हास्य क्षेत्रमा नयाँ खोजिरहेको अवस्थामा स्ट्याण्ड अप कमेडीको शुरूवातले युवाहरूलाई कमेडीमुखी बनाएता पनि पुरानो शैलीको कमेडी नरूचाइएका होइनन् । कमेडी च्याम्पियन, स्ट्यान्ड अप कमेडी युवाहरूको रोजाइ भइरहेको समयमा उता बुवा पुस्ता राजनीति व्यङ्ग र गाईजात्रा मै सन्तुष्ट देखिन्छ।
हास्यव्याङ्य, क्यारीकेचर, रोस्टले युवाहरूमा स्थान पाएसंगै हसाउने काम अब मेला महोत्सवमा मात्रै छैन । तनाव, समस्या र व्यस्त जीवनमा मानिसहरू हास्न चाहन्छन् । हसाउने उदेश्यले नै नेपालमा पनि विभिन्न देशमा झै हास्य कार्यक्रमहरू संचालन हुन थालेको देखिन्छ । होटल, क्याफेदेखि कमेडीको मात्रै छुट्टै कार्यक्रम आयोजनाहरू हुन थालेका छन् । दशै फेस्ट, म्युजिक फेस्ट भनेझैं आजको दिनमा कमेडी फेस्ट पनि हुन लागिरहेको छ ।
असोज २० गतेका दिन कस्मोपोलिटन इभेन्ट्सले कमेडी फेस्ट गर्न लागिरहेको छ । उक्त फेस्ट ‘इम्पेरियल बिजनेस कलेज’ बानेश्वरमा हुने भएको छ । कमेडी फेस्टको विज्ञापनको लागि ‘हाम्रो पात्रो’ र टिकटको लागि ‘इ-सेवा’ले सहकार्य गर्ने भएको छ । साथै विभिन्न फुड स्टल, गिफ्ट पार्टनरहरूको पनि उपस्थिति रहनेछ ।
दशैको मुखमा आयोजना गरिएको फेस्टमा विद्यार्थी र युवाहरूलाई केन्द्रित गरेर कार्यक्रमको विज्ञापन भइरहेको छ । उक्त कार्यक्रममा युवा कलाकारहरू अपूर्व क्षितिज सिंह, आदर्श मिश्र र आयुष श्रेष्ठको उपस्थिति हुने छ ।
फेस्ट मुख्यतः विद्यार्थीहरूलाई रमाइलो गराउने उद्देश्यले आयोजना गरिएको हो । कमेडी फेस्टमा धेरै मात्रामा विद्यार्थीहरूको उपस्थिति हुने भएकाले धेरै भन्दा धेरै फुड स्टल, गेम स्टलको आवश्यकता पर्ने पनि देखिएको छ । त्यसकारण इच्छुक व्यक्ति र व्यवसायले फेस्टमा स्टल राख्न पनि सकिने छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.