टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीच सहकार्य

  २०८० असोज ५ गते ११:११     विकासन्युज

काठमाडौं । टाटा पावर नवीकरणीय ऊर्जा (टीटीआरईएल) र दुगड पावरबीच नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि सहकार्य भएको छ ।

नेपालमा द्रुत रुपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टीटीआरइएलको रणनैतिक प्रवेशलाई यो सहकार्यले बढावा दिई दीगो विकासका लागि आधार तयार गर्ने दुवै पक्षको भनाइ छ । भारतको टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरईएल हो ।

‘यस एकताले दुगड पावरलाई दिगो ऊर्जा उत्पादनमा कोशेढुंगा बन्नमा मद्दत गर्नेछ’ दुवै पक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ । टाटा पावर नवीकरणीय ऊर्जाका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले दुवै कम्पनीसँग रहेका स्रोत र विज्ञताको एकताले नवीकरणीय दिगो ऊर्जाको खपत र प्रणालीमा योगदान पुग्ने बताए । दुगड पावरका व्यवस्थापकीय निर्देशक अभिषेक दुगडले नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पुर्‍याउने विषयमा आफूहरु प्रतिवद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.