आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

  २०८० असोज ५ गते १०:००     विकासन्युज

काठमाडौं । आइसरले आयोजना गरेको मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । आइसर गाडीका लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सीले मेगा सर्भिस क्याम्प सम्पन्न भएको हो ।

नेपालभरका ११ विभिन्न स्थानमा भदौँ १७ गते सुरु भएको क्याम्प भदौँ २९ गतेसम्म चलेको थियो भने २००० जना भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसि गराएका थिए ।

कम्पनीले मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ ।

बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा दिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.