अमेरिकाको सहयोग बिना युक्रेनले रुससँग युद्ध हार्छ : राष्ट्रपति जेलेन्स्की

<p>काठमाडौं । अमेरिकी काङ्ग्रेस (संसद)मा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा रूसी आक्रमणविरुद्ध कीएभले आफ्नो युद्ध गुमाउने युक्रेनी अधिकारीले बताएको अमेरिकी सिनेटका नेता चक शुमरले रिपोर्ट गरेका छन् । राष्ट्रपति जो बाइडेनको युक्रेन समर्थक नीतिका प्रमुख समर्थक तथा सिनेटका नेता चक शुमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुसँग ‘यदि हामीले सहायता [&hellip;]</p>

काठमाडौं । अमेरिकी काङ्ग्रेस (संसद)मा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा रूसी आक्रमणविरुद्ध कीएभले आफ्नो युद्ध गुमाउने युक्रेनी अधिकारीले बताएको अमेरिकी सिनेटका नेता चक शुमरले रिपोर्ट गरेका छन् ।

राष्ट्रपति जो बाइडेनको युक्रेन समर्थक नीतिका प्रमुख समर्थक तथा सिनेटका नेता चक शुमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुसँग ‘यदि हामीले सहायता पाएनौं भने हामी युद्ध हार्नेछौं’ भनेको संसदमा राखेका हुन् ।

सन् २०२२ को फेब्रुअरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गरेयता संयुक्त राज्य अमेरिकाले युक्रेनलाई पश्चिमी समर्थनको नेतृत्व गर्दै आएको छ, काङ्ग्रेसले अहिलेसम्म १०० अर्ब डलरभन्दा बढीको सहायता स्वीकृत गरेको छ, जसमा ४३ अर्ब डलरको हतियार पनि समावेश छ ।

तर सन् २०२४ मा ह्वाइट हाउसमा फर्कन चाहने डोनाल्ड ट्रम्पको सन्देशका कारण रिपब्लिकन पार्टीका मतदाताले कमजोर महशुस गरिरहेको सर्वेक्षणले देखाएसँगै रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएको कट्टर दक्षिणपन्थी समूहले सहायता कार्यक्रम बन्द गर्नुपर्ने अडान लिएको छ ।एजेन्सी

Share News