सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदै, फिर्ता होला त आन्दोलन ?

  २०८० असोज ५ गते ६:५७     विकासन्युज

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज शुक्रबार औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भएपनि औपचारिक वार्ता भने आज हुने भएको हो ।

विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बित्रहीबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको थियो ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

“बिहीबार सकारात्मक छलफल भएको थियो, बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ, उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ, शुक्रबार बिहानसम्म टुङ्गिन्छ”, उनले भने ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा.प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.