फोटोनको विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

  २०८० असोज ४ गते १९:२३     विकासन्युज

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने । नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखीय बूकिंग रहेको कम्पनीले जानकारी गराएको छ ।

३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २८० किलोमिटर (एन.इ.दि.सी) रेन्ज दिन्छ । यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने, यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४०० किलो रहेको छ ।

कम्पनीका अनुसार सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ । यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो । १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकका अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ । उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.