इजिप्टले एक अर्ब युरोको टायर कारखाना स्थापना गर्ने, एक हजारले रोजगारी पाउने

  २०८० असोज ४ गते १०:४६     विकासन्युज

काठमाडौं । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ ।

कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यो कदम वेज नहर आर्थिक क्षेत्रको धेरै एकीकृत सेवा र औद्योगिक क्षेत्रहरु स्थानीयकरण गर्ने रणनीतिको एक भाग हो । नयाँ कारखानाले शुरुमा घरेलु बजारको आवश्यकताहरु सुरक्षित गर्ने र आयात घटाउने लक्ष्य लिएको छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष गरी १ हजार रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.