प्रतिकित्ता ३६० रुपैयाँमा एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

<p>काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा [&hellip;]</p>

काठमाण्डौ । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो ।

बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको रहेको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ ।

Share News