नमस्ते पेबाट केवाइसी दर्ता गर्दा ५० रुपैयाँ पाइने

<p>काठमाडौं । नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवासी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँँ प्राप्त गर्नेछन् । यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ [&hellip;]</p>

काठमाडौं । नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवासी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँँ प्राप्त गर्नेछन् । यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवासी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँँ प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन्।

प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवासी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

Share News