ग्लोबल रिचको आयोजनामा असोज ७ गते ‘युके एजुकेसन एक्जिविसन’ हुँदै

  २०८० असोज ३ गते ११:१८     विकासन्युज

काठमाडौं । ग्लोबल रिचको आयोजनामा असोज ७ गते ‘युके एजुकेसन एक्जिविसन’ आयोजना हुने भएको छ । ग्लोबल रिचका अनुसार असोज ७ गते ११ बजेदेखि १ बजेसम्म ग्लोबल रिचको अफिस पुन्य मेनसन, डिल्लीबजारमा ‘युके एजुकेसन एक्जिविसन’ हुने भएको हो ।

एक्जिविसनमा कार्डिफ मेट्रोपोलिटियन युनिभर्सिटी, युनिभर्सिटी अफ प्लेमाउथ युके, द युनिभर्सिटी अफ ल, लिड ब्याकेट युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्टमिनिस्टर, युनिभर्सिटी अफ स्ट्रयाथक्लाइड र अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुपका विभिन्न विश्वविद्यालयहरुको सहभागिता रहने छ ।

ग्लोबल रिचका अनुसार विद्यार्थीहरुले एक्जिविसनको माध्यमबाट विश्वविद्यालयहरुको छात्रवृत्ति, कार्यक्रम, भर्ना लगायत विश्विद्यालयसँग सम्बन्धित धेरै विषयहरुमा थाहा पाउन सक्ने छन् । साथै ग्लोबल रिचका अनुसार एक्जिविसनबाट  विद्यार्थीहरुले विश्वविद्यालयको बारेमा प्रत्यक्ष जानकारी, अध्ययनको लागि आवेदन र अफर लेटर प्राप्त गर्न, अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पाउने छात्रवृत्तिको बारेमा र अध्ययन पछिको कामको बारेमा थाहा पाउन सक्छन् ।

त्यस्तै, फेयरमार्फत् विद्यार्थीहरुले आवश्यक निःशुल्क काउन्सिलिङ, भिसा सम्बन्धी सुझाव र विश्वव्यापी रुपमा स्थापित धेरै विश्वविद्यालयहरुको बारेमा एकैठाउँमा जानकारी प्राप्त गर्न सक्छन् । युकेमा विश्वकै पुराना र शैक्षिक रुपमा उच्च स्तरका विश्वविद्यालय भएको, कोर्षको समयावधि छोटो भएको, विश्वव्यापी मान्यताप्राप्त सर्टिफिकेट पाउन सकिने र विश्वस्तरीय पूर्ण करिअर सुरुआत गर्न सकिने ग्लोबल रिचको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.