राजधानीमा द्रुत बस सेवा सञ्चालन गर्न रातो रङको लेन निर्माण गरिँदै

  २०८० असोज २ गते १८:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्न सडकमा रातो रङको लेन निर्माण प्रकृयालाई अगाडि बढाइएको छ । जसमध्ये असोज ३ गतेदेखि सूर्यविनायक(रत्नपार्क द्रुत बस सेवा संचालन गर्न सडकमा डेडिकेटेड लेनको मार्किङ र रातो रङ लगाउने कामको शुरुवात गरिएको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयले सो कार्यलाई अगाडि बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालनको लागि छुट्टै लेन निर्माण गर्न निर्देशन दिएका थिए, सोही अनुसार विभाग र डिभिजन कार्यालयले सो कार्यलाई अगाडि बढाएका हुन् ।

रातो रंगले मार्किङ गरिएको सडकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म बस संचालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.