२०८० असोज २ गते १५:३८ विकासन्युज
काठमाडौं । कृषि विकास बैंक लिमिटेड घरघरमा डाक्टर प्रालिबीच व्यवसायिक सहकार्यको लागि सम्झौता भएको छ । सम्झौताअनुसार घरघरमा डाक्टरले रोग निदान तथा प्रतिरक्षाका लागि सल्लाह सहितको उपचराको व्यवस्था गर्छ भने बैंकले ग्राहकहरुको पाँच लाख दुर्घटना बीमा सहितको बैंक खाता खोली सहजता कायम गर्छ ।
सम्झौतामा घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसि र कृषि विकास बैंकका उप–महाप्रवन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गरेका थिए । सो सहकार्यले सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धममा परामर्श तथा उपचार पद्दतीका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने घरघरमा डाक्टरका अध्यक्ष जिसिले बताएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.