२०८० असोज २ गते १५:०४ विकासन्युज
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस तथा कलेजहरुमा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तहको कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न असोज १६ गतेसम्म अनलाईन फाराम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सोमबार सूचना जारी गर्दै शैक्षिक सत्र ०८०/८१ को स्नातक तहको विविए, विएचएम, विएचसिएम, विटिटिएस र विएफडिएम कार्यक्रमहरुको छात्रवृत्तिको लागि अनलाइन आवेदन खुल्ला भएको जनाएको हो ।
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत एक हजार रुपैयाँ बुझाएर आवश्यक कागजात र पासपोर्ट साइजको फोटो अपलोड गरेर अनलाइन आवेदन गर्न सकिने जनाएको छ । प्रवेश परिक्षा असोजको २१ गते हुने विश्वविद्यालयले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.