१ लाख २१ हजार बढीले पाए हाथवे इन्भेष्टमेन्टको २० कित्ता सेयर, १० जनाले पाए २१ कित्ता

  २०८० असोज २ गते १२:०२     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आईपीओ बाँडफाँट गरेको हो ।

१ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् सोमध्ये १० आवेदकले २१ कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ । सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.