सबै व्यवसाय नोक्सानमा छैनन्, इक्रा नेपालले ५९ प्रतिशत लाभांश दिने भयो सेयरधनीलाई

  २०८० असोज २ गते ९:०७     विकासन्युज

काठमाडौ । इक्रा नेपाल लिमिटेडले सेयरधनीलाई ५९ दशमलव १० प्रतिशत लाभांश दिने भएको छ । देशमा व्यवसायिक वातावरण नभएको र अधिकांश कम्पनी नोक्सानमा गएको व्यवसायीहरुको गुनासो आईरहेको बेलामा इक्रा नेपालले उच्च दरमा नगद लाभांश दिने निणर्य गरेको हो ।

बैंकहरुले सेयरधनीलाई १० प्रतिशत भन्दा कम लाभांश दिन पुग्ने नाफा गर्दा पनि बढी नाफा गरे भनेर समाजमा आलोचना भइरहेको समयमा इक्रा नेपालले सेयरधनीलाई झण्डै ६० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले असोज २५ गते साधारणसभा गर्न लागेको छ ।

इक्रा नेपालले कम्पनीहरुको रेटिङ गर्दा बढी शुल्क लिने गरेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । ‘इक्राको रेटिङ राम्रो छ भनेर बैंकले विना धितो कर्जा दिने पनि होइन । इक्राको रेटिङ नराम्रो छ भनेर सार्वजनिक रुपमा गरिएको सेयर निष्काशन नबिक्ने पनि होइन । रेटिङ कम्पनीलाई हामीले महँगो शुल्क तिर्नुको कुनै अर्थ छैन’ एक जना व्यवसायीले विकासन्युजसँग भने ।

इक्रा नेपाल कम्पनीहरुको मूल्याङकन गरेर प्रमाणपत्र दिने कम्पनी हो । कम्पनीहरुले आफ्नो सेयर सार्वजनिक रुपमा निष्काशन गर्नुपूर्व वा ५० करोड भन्दा बढी कर्जा लिनुपूर्व कम्पनीको वित्तीय जोखिम र सञ्चालन जोखिमको विश्लेषण गराई रेटिङ प्रमाणपत्र लिनु पर्ने नियम सरकारले बनाएको छ ।

इक्रा नेपाल लिमिटेड २०१२ देखि सञ्चालनमा आएको कम्पनी हो । यो इन्टरनेशनल क्रेडिट रेटिङ एजेन्सी (इक्रा ग्रुप इन्डिया)को सहायक कम्पनी हो । यसमा नेपाली व्यवसायी र बैंकहरु पनि सेयर होल्डर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.