अब पशुपतिनाथको बसपार्कमा निःशुल्क पार्किङ गर्न पाइने

  २०८० असोज १ गते १८:०३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपतिनाथको बसपार्कमा अर्को निर्णय नहुने बेलासम्म निःशुल्क पार्किङ गर्न पाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री किराँतीले बसपार्कको व्यवस्थापन गरिरहेको पक्षले कानूनको गम्भीर उल्लंघन गरेकोले सम्झौता रद्द गरिएको भन्दै सो निर्णयको जानकारी गराएका हुन् ।

‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानूनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ, अर्को प्रक्रिया पुरा नहुँदा सम्म पार्किङ्ग निःशुल्क गरिएको जानकारी गराइन्छ’, मन्त्री किराँतीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.