सृजनशीलतामा नयाँ आयाम थप्दै टेक ट्रिक्स २०२३ सम्पन्न

  २०८० असोज १ गते १७:१५     विकासन्युज

काठमाडौं । काठमाडौं शान्तिनगर स्थित न्यु समिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स नेपालद्वारा आयोजित टेक ट्रिक्स २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धताका साथ समापन भएको छ । समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडी द्वारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका सञ्चालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए । समापन समारोहमा त्रि। वि आईओएसटीका डिन प्राडा विनिल अर्याल प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए ।

आइटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न चाहिने यथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुई मत नभएको प्राध्यापक डा अर्यालले बताए । विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि प्राडा अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरूलाई वितरण गरेका थिए।

जस अन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाइप उप विजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदीश पाण्डे भएका थिए भने उप विजेता समीर गुरुङ भए ।

तीन दिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथन सेन्ट जेभियर्स कलेजले जितेको थियो भने उप विजेता सगरमाथा कलेज र तेस्रो स्थानमा न्यु समिट कलेज भएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, प्रवीण चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो । कार्यक्रमलाई नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.