विश्वकर्मा पूजामा चिरिच्याट्ट ईभी ट्याक्सी (फोटोफिचर)

  २०८० असोज १ गते १४:०४     रिसभ चौधरी

काठमाडौं । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, सवारी साधन, पार्टपूर्जा तथा यन्त्रहरुको पूजाआजा गर्ने दिन सम्झछौं । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा मनाइने विश्वकर्मा पूजा भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा पूजा गरिन्छ । त्यसैले पनि आजको दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । आज नेपालमा पनि विश्वकर्मा पूजा उल्लाहस रुपमा मनाइएको छ ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ट्याक्सीहरु पनि विद्युतीयमा रुपमा रुपान्तरण हुन थालेका छन् । काठमाडौं उपत्यकामा विद्युतीय गाडीसँगै ट्याक्सीहरु पनि बढ्न थालेका छन् । केहीले विद्युतीय ट्याक्सीलाई एकै ठाउँमा जम्मा गरेर पनि पूजाआजा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.