भिभो स्मार्टफोनहरूमा विशेष प्रि–फेस्टिभल अफरहरू

  २०८० असोज १ गते १२:५१     विकासन्युज

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

भिभो भी२७ फाइभजी

भिभो भी२७ फाइभजीमा फ्ल्यागशीप सोनी आइएमएक्स सेभेन सिक्ससिक्स भी सेन्सर क्यामेरा रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुले कम प्रकाशमा पनि आकर्षक पोट्र्रेटहरू खिच्न सक्छन् । यसको ५०एमपी अटोफोकश सेल्फी क्यामेराबाट उत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफी गर्न सकिन्छ । साथै, इमर्सिभ भिजुअलहरूका लागि यो स्मार्टफोनमा निकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छ जुन शक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ । ८जीवी र्याम र २५६ जीवी स्टोरेजको साथ यसमा विशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रुत चार्जिंगका लागि ६६वाट को फ्ल्यासचार्ज छ जसले सहज अनुभव सुनिश्चित गर्दछ । यस स्मार्टफोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दा फोनलाई सहजै अनलक गर्न सकिन्छ साथै यसमा भएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरुको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । रु ५८,९९९ मुल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

वाई३६

भिभो वाई३६ फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथ आकर्षक डिजाइनमा आउँछ । यसमा भएको गोल्डेन रिपल प्रोसेस र २.५डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५००० एमएएचको विशाल ब्याट्री रहेको छ जसले वृहत प्रयोगको साथसाथै कार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ । यसमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुद पर्फमेन्श सुनिश्चित गर्दछ । स्पष्ट तस्वीरहरु खिच्नका लागी यसमा ५० एमपी एचडी मुख्य क्यामेरा र २एमपी बोकेह क्यामेरा रहेको छ भने १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथ उत्कृष्ट सेल्फ– पोट्र्रेटहरू मज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवका लागी यसमा फनटच ओएस१३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।

वाई०२

भिभो वाई०२ ले २.५डी ट्रेण्डी डिजाइनको साथ कार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी+ आई प्रोटेक्शन स्क्रिनले भिजुअल अनुभवलाई वृद्धि गर्दछ । ५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसरको भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा ३जीवी र्याम र ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ जसबाट सहज रुपमा मल्टिटास्किङ गर्नु सकिन्छ र कन्टेन्टका लागि पनि पर्याप्त स्पेश पुग्नेछ । यो स्मार्टफोनमा रहेको ५एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फी खिच्न सकिन्छ र ८एमपी रियर क्यामेराको साथ आफ्नो बहुमूल्य क्षणहरूलाई कैद गर्दै समग्र अनुभव वृृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ । किनकी यो स्मार्टफोनमा तपाइँको समग्र अनुभव वृद्धि गर्ने क्षमता छ । रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मुल्य रु १२,९९९ मा नजिकैका भिभोको रिटेल स्टोरहरुबाट किन्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.