इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने

  २०८० असोज १ गते १२:१९     विकासन्युज

काठमाडौं । इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने भएको छ ।

आईतवार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो । तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु भएको हो । उडान बिहीवार गर्ने बताइएको छ । नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन् । इजिप्ट एयरले यस वर्ष ७१ विदेशी गन्तव्यमा सेवा दिँदै आएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हो । कम्पनीले हालै एशिया, युरोप र उत्तर अमेरिकाका धेरै स्थानमा उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.