बोल्न नसक्ने भण्डारीले घटाए तिनकुने हत्याकाण्ड प्रकरण, लेख्छन् : रिसइबी साँध्न हत्या गरेँ

  २०८० भदौ ३१ गते १९:५४     विकासन्युज

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको बताइएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ । शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसिबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारीस्थित वीरेन्द्र चोकमा बस्दै आएको बताए । उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठोरले बताए । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने ‘एउटा संदिग्ध व्यक्ति पक्राउ गरेको अवस्था छ, मृतकको विवरणमा जिल्ला दोलखा कालिन्चोक गाउँपालिका ८ घर भइ हाल काठमाडौं जिल्ला कामनपा ३२ तीनकुने स्थित दिव्य समिलमा कामदारको रुपमा बस्दै आएका अन्दाजी ५६ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, दोस्रो मृतक सोही स्थानका पूर्णबहादुर भुजेलकी श्रीमती अन्दाजी ५० वर्षकी अम्बिका भुजेल, तेस्रो भिक्टम सोही स्थानकी पूर्णबहादुर भुजेलकी आमा अन्दाजी वर्ष ७६ की सुकुधरा भुजेल र चौथो जिल्ला धनकुटा भीर गाउँ गाउँपालिका २ घर भइ हाल सोही समिलमा बस्ने अन्दाजी १९ को विशाल राई छन् । घटनामा संलग्न व्यक्तिको विवरण जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ९ स्थायी घर भइ काठमाडौं काँडाघारी वीरेन्द्रचोक बस्ने अनिरुद्र भण्डारीको छोरा वर्ष २३ को सञ्जय भण्डारी । केही समयअघि मृतक विशाल राईले चलाएको मोटर साइकलको विषयमा विवाद हुन गइ मृतक विशाल राईले प्रतिवादी सञ्जय भण्डारीलाई कुटपिट गरेकोमा त्यही रिसिभी साँध्नका लागि बारम्बार कुरा गर्ने प्रयास गरेको र भेट नभएको । समिलमा छ भन्ने थाहा पाएर घर भित्र जाँदा घटना भएको देखिन्छ । निज व्यक्ति बोल्न नसक्ने हुनुहुन्छ ।’

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए । भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । राईलाई हत्या गरिसकेपछि अन्य तीन जनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.