७६ हजार बढीले अवलोकन गरे नाडा अटो शो

  २०८० भदौ ३१ गते १९:४४     विकासन्युज

काठमाडौं । गत भदौ २६ गतेदेखि ३१ गतेसम्म भएको नाडा अटो शोमा ७६ हजार बढीले अवलोकन गरेका छन् । नाडा अटो शोका सभापति अनुपकुमार बरालले अन्तिम दिनसम्ममा ७६ हजार बढीले अवलोकन गरेका जानकारी दिएका हुन् ।

उनका अनुसार समग्रमा नाडा शो उत्साहपूर्ण रह्यो । उक्त शोमा ईभी गाडी सबैभन्दा बढी बुकिङ भएको अनुमान गर्दै बरारले अहिलेसम्म कति गाडी बुकिङ भए भनेर आधिकारिक जानकारी आई नसकेको समेत जानकारी दिए ।

उक्त शो मा जानको लागि प्रवेश शुल्क विद्यार्थीको लागि १५० रुपैयाँ र अन्यको लागि २०० रूपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.