२०८० भदौ ३१ गते १७:०० विकासन्युज
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एअरलाईन्सले आज बाट लागुहुनेगरी रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ ।
पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यती ले आज बाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नँ एनवाईटि ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारि दिए । ‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडी उडान संख्या थप हुँदै जानेछ’, उनले भने ।
आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.