नेपाल टि कलेक्टिभको आउटलेट ठमेलको काठमाडौं गेष्ट हाउसमा

  २०८० भदौ ३१ गते १६:५५     विकासन्युज

काठमाडौं । न्यु योर्कमा स्थापित नेपाल टि कलेक्टिभले ठमेलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ । नेपाल टि कलेक्टिभले शनिबारदेखि ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा सञ्चालनमा ल्याएको हो ।

सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । विश्वका विभिन्न देशमा बिक्री हुँदै आएको सो चिया कम्पनीले नेपाली बजारमा केही समय अघि मात्रै बिक्री सुरु गरेको थियो ।

ललितपुरको जावलाखेलमा कार्यालय नै राखेर कम्पनीले सुरुवाती चरणमा अनलाईनबाट चियाको बिक्री सुरु गरेकोमा आउटलेट नै स्थापना गरेर चिया बिक्री सुरु गरेको हो ।

कम्पनीका सहसंस्थापक अमिगो खड्काले न्युयोकर्मा बिक्री हुँदै आएको चिया शनिबारदेखि औपचारिक रुपमा आउटलेट नै राखेर नेपालमा बिक्री सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो दिन नै अपेक्षा गरेभन्दा धेरैले चिया पिएका थिए ।

नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको चियाहरु बिक्री गर्दै आएको छ । कम्पनीसँग कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चिया सम्मका चिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.