आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

<p>काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने &#8216;अल्टिमा अनलाईन मेला&#8217; मा &#8216;एकको डबल&#8217; अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने  &#8216;अल्टिमा अनलाईन मेला&#8217; मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने  ‘अल्टिमा अनलाईन मेला’ मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० .एयरबड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका ग्याजेटहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।

Share News