तीजको अवसरमा रियलमीको टिकटक च्यालेन्ज, बिजेताले आर्कषक पुरस्कार पाउने

  २०८० भदौ ३१ गते १६:०१     विकासन्युज

काठमाडौं । रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ ।

उक्त भिडियोमा ह्यास्ट्याग मनाउँ तीज रियलमीसँग र ह्यास्ट्याग दरटुलिप प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिनेछ ।

भाद्र २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.