२०८० भदौ ३१ गते १२:२६ विकासन्युज
काठमाडौं । सञ्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरुमाथि भएको हातपातको विषयलाई लिएर नेपाल चिकित्सक संघले गरेको आन्दोलनलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्स्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति गठन गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई सम्बोधन गर्नको लागि आजै मन्त्रीस्तरीय निर्णयले सो समिति गठन गर्ने र मागलाई तत्काल सम्बोधन गर्ने निर्णय गरेको हो । आइतबार नै नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग वार्ता हुने कार्यक्रम रहेको सहसचिव गौतमले जनाएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.