नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

  २०८० भदौ ३१ गते १२:१०     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो ।

प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर जारी गर्न भदौ २९ गते स्वीकृति दिएको हो ।

उक्त स्वीकृति अनुसार भदौ ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड २३ लाख रुपैयाँ छ । प्रस्तावित २५ प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ क करोड रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीको तुलनामा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.