बैंकको ब्याज ११ प्रतिशत नाघ्यो, कुनले बढायो, कुनले घटायो ?

  २०८० भदौ ३१ गते ११:०६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याज सार्वजनिक गरेका छन् । असोजमा सात वटा बैंकले ब्याज बढाएका छन् भने ६ वटाले घटाएका छन् । चारवटा बैंकले पुरानै ब्याज कायम गरेका छन् ।

असोज महिनाका लागि नबिल बैंक, प्राइम कमर्सियल, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टेमन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।

सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकले १.०६४ प्रतिशत बिन्दु ब्याजदर बढाएको छ । हिमालयनको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत छ । पाँच वटा वाणिज्य बैंकको ब्याज ११ प्रतिशत नाघेको छ ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् ।

कुन बैंकको ब्याज कति ?

हिमालयन बैंकले १.०६४ प्रतिशत ब्याज बढाएर ११.०५४ प्रतिशत ब्याज कायम गरेको छ । यस्तै, एभरेष्ट बैंकले १.५४ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.८५८ प्रतिशत, नबिलले ०.५६४ प्रतिशत, स्ट्याण्डर्ड चार्डर्डले ०.६३ र नेपाल एसबिआईले ०.१ प्रतिशतले ब्याज बढाएका छन् ।

यस्तै, चार वटा बैंकले ब्याज यथावत राख्दा ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशत, लक्ष्मीले ०.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.४९ प्रतिशत, कुमारीले ०.७८७ प्रतिशत, सिटिजन्स बैंकले ०.८४६ प्रतिशत र नेपाल बैंकले १.६०३ प्रतिशत ब्याज घटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.