मेटलाइफ नेपालले ल्यायो नयाँ मोबाइल एप, स्वास्थ्य सुविधासँगै बीमाका सबै सेवा एपबाट

  २०८० भदौ ३१ गते १०:३७     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरी देशमै पहिलो किसिमको मोबाइल एप वान बाई मेटलाइफ सार्वजनिक गरेको छ ।

एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बङ्गलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो ।

एपले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरूलाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीले जनाएको छ । मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरू प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् ।

एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरूलाई डिजिटल बीमा सेवाहरूसँग सहज रूपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रूपमा प्रबन्ध गर्न मिलोस् भनी सिर्जना गरिएको बताइएको छ ।  यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाइ जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षाघात जस्ता गम्भीर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.