डाक्टरहरुले गरे देशभरका अस्पतालमा ओपीडी सेवा बन्द

<p>काठमाडौं । डाक्टरहरुले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध स्वरुप ओपीडि सेवा बन्द गरेका हुन् । नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार सन्चो अस्पतालमा [&hellip;]</p>

काठमाडौं । डाक्टरहरुले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध स्वरुप ओपीडि सेवा बन्द गरेका हुन् ।

नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।

गत बुधबार सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेका थिए ।

Share News