तीन विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागेको छ, चीन भ्रमण यसैमा केद्रित छ : प्रधानमन्त्री

  २०८० भदौ २९ गते १९:०२     विकासन्युज

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै अन्तरास्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)को सिनामंगलमा निर्माणाधिन नयाँ कार्यालय भवनको औपचारिक उद्घाटनका त्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले केही समय अघि सञ्चालनमा आएको भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार लागि परेको भन्दै उनले आफ्नो चीन भ्रमण यसैमा केद्रित भएको समेत उनले बताए ।

‘सबै विमास्थल सञ्चालनमा सरकार लागि परेको छ, मेरो चीन भ्रमणमा तीनै एयरपोर्ट सञ्चालनमा केन्द्रित हुन्नेछ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.