२०८० भदौ २९ गते १५:२७ विकासन्युज
काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो ।
सम्झौतापत्रमा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिकका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.