टिभिएसको मोटरसाइकल र स्कुटर किन्दा १० लाख जित्ने मौका

  २०८० भदौ २९ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ।

‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै यसकाे वेबसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख सम्म जित्ने मौका रहेको छ।

हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख सम्म जित्ने अवसरपनि रहेको कम्पनीले जानकारी दिएको छ।

साथै, कम्पनीले एक्चेन्जमा १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.