विमानस्थलबाट २ किलो सुन सहित एक जना पक्राउ

  २०८० भदौ २८ गते १५:०९     विकासन्युज

काठमाडौं । भारतको मुम्बई विमानस्थलबाट २ किलो सुन सहित एक जना पक्राउ परेका छन् । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार १ करोड ५ लाख २७ हजार रुपैयाँ बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा लुकाएको अवस्थामा भेटिएको थियो । साथै, उनका ३ वर्षको बच्चाको डाइपरमा समेत सुनको धुलो लुकाइएको अवस्थामा बारमद भएको हो ।

बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले ७ सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य ४० लाख रुपैयाँ पर्ने बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.