नाडा अटो शोमा १७ लाखदेखि २५ लाखसम्मका ईभी कार, यस्ता छन् विशेषता

  २०८० भदौ २८ गते १२:२०     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो–२०२३’ मा विभिन्न कम्पनीहरुले लाखौं मूल्य पर्ने ईभी गाडी प्रर्दशनीमा राखका छन् । सो गाडीमध्ये यस्ता गाडी छन् जो २५ लाख रुपैयाँ भन्दा कम नै मूल्य पाइन्छन् ।

आकर्षक लुक्स, आधुनिक फिचर भएका ती गाडीहरुमा अटो शोमा जाने जो कोहीलाई पनि आकर्षित गर्छ । मूल्य पनि सस्तो भएकाेले ती गाडीहरुमा मान्छेको आकर्षण व्यवसायीहरू बताउँछन् । उसो त प्रदर्शनीमा पनि विशेष गरेर विद्युतीय सवारी साधनहरुरुको बाहुल्यता छ । ईभी गाडीको मूल्य महँगो भयो भन्नेहरूका लागि यी गाडीहरू उपयुक्त हुन सक्छन् ।

यी हुन् कम मूल्यमा पाइने ईभी गाडी

टाटाको टियागो इभी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नाडा अटो शो लक्षित गरेर टियागो ईभी गाडी सार्वजनिक गरेको छ ।

कम्पनीले टियागो ईभी आईआर एक्सटी मोडलको विद्युतीय गाडीको मूल्य कम्पनीले २५ लाख ४९ हजार रुपैयाँ तोकेको छ । ३१५ किलोमिटर रेन्ज दिने यस ईभीमा २४ किलोवाट आवरको ब्याट्री जडान भएको छ ।

यस्तै, १९.२ किलोवाट ब्याट्री भएको टियागो ईभी एमआर एक्सटी मोडलको गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सो मोडलको गाडीले २५० किलोमिटर रेन्ज दिन सक्छ ।

कम्पनीका अनुसार टियागो ईभी एमआर एक्सई मोडलको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । १९.२ किलोवाटको ब्याट्री क्षमता रहेका यस गाडीले २५० किलोमिटरको रेन्ज दिन्छ । नाडा अटो शोमा टियागो ईभी धेरै मान्छेले चाखपूवर्क हेरेका छन् ।

वुलिङको ईभी गाडी २० लाखमै 

बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभी सस्तो मूल्यमै पाइनेछ । कम्पनीले  सो गाडीको मूल्य २० लाख ९९ हजार रूपैयाँ मूल्य ताेकेकाे छ । २०० किलोमिटर रेन्ज दिने यो गाडी खरिद गर्न चाहनेहरूको लागि अफरको पनि व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

एमजीको दुई वटा मोडल १७ लाखमै 

नाडा अटो शोमा एमजीको विभिन्न गाडीहरू उपलब्ध छन् । जसमध्ये दुई वटा ईभीका मोडल १७ लाखमै पाइन्छ । कम्पनीले ३१.२६ किलोवाट मोटर क्षमता रहेको एमजी कमिट पीस मोडलको गाडीकाे मूल्य १७ लाख ९९ हजार ताेकेकाे छ । १७.३ किलोवाट आवरको ब्याट्री रहेको यस गाडीको रेन्ज २३० किलोमिटर रहेको छ ।

यस्तै, एमजी कमेट इभी प्ले मोडलको गाडी २० लाख ९९ हजारमा पाइन्छ । ३१.२६ किलोवाटको मोटर क्षमता रहेको कमेट इभी प्लेमा १७.३ किलोवाट आवरको ब्याट्री जडान भएको छ । कम्पनीका अनुसार सो गाडीले २३० किलोमिटरको रेन्ज दिन्छ ।

एमएडब्लूको मिनी ईभी पनि सस्तो मूल्यमा पाइने

नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले अटो शोमा राखिएको मिनी ईभी गाडी मान्छेको आकर्षणको केन्द्र बनेको छ । १८० किलोमिटर रेन्ज रहेको मिनी ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

१८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार राखिएको छ । यस्तै, २२० किलोमिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.