नाडा अटो शोको दोस्रो दिन : यी गाडीमा देखियो मान्छेको आकर्षण

  २०८० भदौ २७ गते १७:३१     रिसव चौधरी

काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो-२०२३’ भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन भइरहेको छ । लामो समयपछि भएको उक्त अटो शोमा दिनानुदिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ ।

विभिन्न कम्पनीहरूले अटो शो लक्षित गरेर नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । जसले गर्दा नयाँ गाडी किन्न चाहनेहरूको लागि यो शो उपलब्धिमूलक हुने विश्वास लिएको छ ।

यस वर्षको अटो शो ईभीमय नै भयो भन्दा फरक नपर्ला । विभिन्न कम्पनीहरूले ईभी गाडीलाई नै प्राथमिकता दिँदै प्रदर्शनीमा गाडी राखेका छन् । जसले गर्दा पनि ईभी गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ ।

नाडा अटो शोको पहिलो दिन नै धेरै कम्पनीहरूले नयाँ गाडीको अनावरण गरिसकेका छन् । शोमा टाटा मोटर्स, सुजुकी, हुन्डाई मोटर्स, किया, एमजी मोटर, बीवाईडी लगायतका कम्पनीहरूले शोमा नयाँ मोडलका गाडी राखेका छन् ।

दुई र चार पाँग्री नयाँ सवारी साधनको प्रदर्शनीले अटो शोमा रौनक थपेको छ । अवलोकनकर्ताको आकर्षण विद्युतीय गाडी प्रति नै भएको भएको देखिन्छ । अवलोकनकर्ता राम शर्मा पनि अटो शोमा आएर विद्युतीय गाडी नै खोजेको बताउँछन् ।

‘पछिल्लो समय मान्छेहरू ईभी गाडी किनेर कुदाएको देख्छु, त्यही भएर मैले पनि ईभी गाडी किन्ने सोच बनाएर आएको छु, केही गाडी हेर्यो तर मूल्य अलिक बढी भए जस्तो लाग्यो, गाडी चाहिँ शोको अवसर पारेर किन्ने हो, यहाँ किन्दा डिस्काउन्ट पनि पाइएला,’ उनले भने ।


भदौको ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको गाडी व्यवसायीहरू बताउँछन् । अटो शोको आकर्षणको केन्द्र बनेको ईभी गाडी राखिएको स्टलमा मानिसहरूको घुइँचो पनि बाक्लो थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.