सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैँयासम्मको आकर्षक उपहार पाउने

  २०८० भदौ २७ गते १३:१९     विकासन्युज

काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो सो मा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमण्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो सो मा कम्पनीले फेस्टिभ स्किम पनि सार्वजनिक गरेको हो । स्किमअन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बिमा र निःशुल्क सडक करको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरका साथै ग्राहकले नाडा अटो सो भरि नि:शुल्क कार वासर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नाडा अटो सो शनिबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.