हुन्डाई एक्स्टर सार्वजनिक, बुकिङ खुला चाँडै

  २०८० भदौ २७ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो सो २०२३ मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गराएको एसएक्स भेरियन्टको  हुन्डाई एक्स्टर- एसयूभी चाँडै नै अरु भेरियन्टसहित बिक्री सुरु गर्ने जनाएको छ ।

हुन्डाई एक्स्टर ५ सिटर कम्प्याक्ट एसयूभी हो, जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ । कम्पनीले ई, एस, एसएक्स, एसएक्स (०) गरी चार भेरियन्टमा हुन्डाई एक्स्टर ल्याउनेछ ।

हुन्डाई एक्स्टरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिने कम्पनीले जनाएको छ ।

हुन्डाई एक्स्टरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचर दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

बक्सी डिजाइनमा रहेको एक्स्टरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्यसचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डीआरएल्स दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिने तथा कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.