रोयल इन्फिल्डको सस्तो मोटरसाइकल आयो, हन्टर ३५० को मूल्य ४ लाख ५९ हजार

  २०८० भदौ २७ गते १२:१३     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डको हालसम्मकै सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० नेपाल भित्र्याइएको छ । हन्टर ३५० मंगलबार नाडा अटो शोमा सार्वजनिक गरिएको छ ।

यो मोटरसाइकल दुई भेरियन्टमा उपलब्ध छ । एउटा भेरियन्टलाई रेट्रो र अर्कोलाई मेट्रो भनिएको छ । कलर अनुसार मूल्य फरक पर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। यस्तै अर्को मोडलको मूल्य ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो बाइक नेपालमै एसेम्बल गरिएको हो । रोयल इन्फिल्डको जे-प्ल्याटफर्ममा बनाइएको बाइकमा ३४९ सीसी क्षमताको सिंगल-सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ वटा घोडाको जति हर्सपावरका साथ २७ एनएमको क्षमता उत्पादन गर्छ ।

यो मोडल क्लासिक ३५० को भन्दा १७ किलो हलुका छ । अर्थात वजन धेरै कम छ । यसो हुँदा यसलाई चलाउन सहज हुनेछ । यसमा रहेको टायरको ह्वीलबेस १३७० एमएमको छ । जुन यसको पहिलेको मोडलमा भएको भन्दा २० एमएम सानो हो ।

बाइकमा सिट पनि आरामदायी छ। यसमा सिटको उचाइ ८०० एमएम छ। कम्पनीले पहिलेको मोडलको तुलनामा यसमा धेरै फिचर थपेको छ । जस्तै ह्वील सस्पेन्सन जसले टायर र बाइकलाई सडकमा चलाउँदा ब्यालेन्स गर्ने काम गर्छ ।

यस्तै ह्यान्डल बार पनि यसमा उपलब्ध छ । यसैगरी ट्युबलेस टायर छ । यो बाइकमा २७० एमएमको रियर डिस्क ब्रेक र उक्त ब्रेकमा डुअल-च्यानल एबीएस अर्थात एन्टी-लक ब्रेकिङ सिस्टम छ । जसले बाइकको पाङ्ग्रालाई आपतकालीन, प्यानिक अवस्थमा वा कडा ब्रेकिङ अवस्थामा लक हुनबाट रोक्छ । यसले ब्रेकिङ सिस्टमलाई ब्यालेन्स गर्ने कम्पनीले जनाएकाे छ ।

दुईवटा भेरियन्टमा केही फरक इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छन् । मेट्रोमा एलईडी टेल-ल्याम्प र रेट्रोमा पुरानै हलोजन बल्ब र थप स्लीक, स्टाइलाइज रियर ग्रेब रेल छन् ।

यो अलि आधुनिक रुपमा डिजाइन गरिएको मोटरसाइकल हो । यसमा एलईडी सूचक, फ्लाईस्क्रिन, टुरिङ सिट, क्र्यास प्रोटेक्सन, एक सम्प गार्ड र साइड-बक्स समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.