टिभिएस इलेक्ट्रिक स्कुटर बजारमा, यस्ता छन् विशेषता ?

  २०८० भदौ २७ गते ११:०५     विकासन्युज

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ ।

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्स सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् ।

सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।

४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ ।

एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ ।

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १ हजार ग्राहकहरूका लागि ४ लाख २९ हजार ९०० को आकर्षक मूल्यमा उपलब्ध छ । भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं. ११ मा गएर हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.