नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक

  २०८० भदौ २७ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शोमा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

आकर्षक र सुबिधा सम्पन्न  देखिएको माइक्रोबसमा १५ र १८  सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको  मुल्य ८२ लाख ९९ हजार रुपैयाँ र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ कम्पनीले सार्वजनिक गरेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

साथै, नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा  डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.