टाटाले सार्वजनिक गर्यो ३ वटा गाडीहरु, कुन मोडलको मूल्य कति ?

  २०८० भदौ २७ गते १०:२१     विकासन्युज

काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल द्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको बिक्री वितरण शुभारम्भ गरिएको हो ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन् । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ । त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ बताउछन् ‘टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ्ग अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ’ ।

नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरुबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.