२०८० भदौ २७ गते १०:०५ विकासन्युज
काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयूभी सार्वजनिक गरिएको छ । नाडा अटो सो २०२३ को पहिलो दिन मंगलबार आफ्नो स्टलबाट अर्थमन्त्री प्रकाशशरण महतले उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरेका हुन् ।
हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँ सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत बम्पर उपहारमा हुन्डाई एक्सटर पनि प्राप्त गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.